१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

निर्वाचनमा विजयी हुने लक्ष्यले कार्यकर्तालाई कार्यगर्न डा. राउतको निर्देशन (तस्बिरहरु)

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

राजविराज, ५ असोज ।
विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पालिकाबाट आएका नव प्रवेशीहरुलाई माला अविर लगाइ डा. राउतले पार्टी प्रबेश गराएका थिए भने, मधेश आन्दोलनका क्रममा घाइते भएका भुवनेश्वर मण्डल (बेलचन) लाई दोसल्लासहित सम्मान गरिएको थियो । दोस्रो मधेश आन्दोलनको क्रममा रुपनी चौकमा प्रहरीको गोली लागि मण्डल गम्भीर घाईते भएका थिए ।
‘पार्टीका उम्मेदवारलाई आगामी निर्वाचनमा प्रत्येक स्तरमा विजयी हाँसिल गर्ने लक्ष्य लिएर कार्यकर्ताहरुलाई कार्य गर्न आग्रह गर्दै’ प्रमुख अतिथि डा. राउतले भने – ‘स्थानीय वृद्धवृद्धा, अनुभवी, समाजका अगुवा र वुद्धिजीवी, नेतृत्वर्गलगायत सम्पुर्ण वर्गसँग समन्वय गरि अघि बढ्नु आवश्यक छ ।’ डा. राउतले अधिवेशन हुन बाँकि रहेका वडामा ३ महिना भित्र गठन गर्न नेताकार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न जनमत पार्टी, लाउडस्पीकर छापमा भोट हाल्नैपर्ने दावी समेत गरे । पार्टीका सप्तरीका सचिव थानेश्वर प्रसाद साहले सञ्चालन गरेको कार्यक्रममा साँस्कृतिक जनमत संघ सप्तरीका अध्यक्ष मुकेश माझी र सविता माझीले नृत्यको माध्यमबाट स्वागत गीत समेत प्रस्तुत गरेको थियो ।







कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]