१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

निर्वाचनमा विजयी हुने लक्ष्यले कार्यकर्तालाई कार्यगर्न डा. राउतको निर्देशन (तस्बिरहरु)

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

राजविराज, ५ असोज ।
विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पालिकाबाट आएका नव प्रवेशीहरुलाई माला अविर लगाइ डा. राउतले पार्टी प्रबेश गराएका थिए भने, मधेश आन्दोलनका क्रममा घाइते भएका भुवनेश्वर मण्डल (बेलचन) लाई दोसल्लासहित सम्मान गरिएको थियो । दोस्रो मधेश आन्दोलनको क्रममा रुपनी चौकमा प्रहरीको गोली लागि मण्डल गम्भीर घाईते भएका थिए ।
‘पार्टीका उम्मेदवारलाई आगामी निर्वाचनमा प्रत्येक स्तरमा विजयी हाँसिल गर्ने लक्ष्य लिएर कार्यकर्ताहरुलाई कार्य गर्न आग्रह गर्दै’ प्रमुख अतिथि डा. राउतले भने – ‘स्थानीय वृद्धवृद्धा, अनुभवी, समाजका अगुवा र वुद्धिजीवी, नेतृत्वर्गलगायत सम्पुर्ण वर्गसँग समन्वय गरि अघि बढ्नु आवश्यक छ ।’ डा. राउतले अधिवेशन हुन बाँकि रहेका वडामा ३ महिना भित्र गठन गर्न नेताकार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न जनमत पार्टी, लाउडस्पीकर छापमा भोट हाल्नैपर्ने दावी समेत गरे । पार्टीका सप्तरीका सचिव थानेश्वर प्रसाद साहले सञ्चालन गरेको कार्यक्रममा साँस्कृतिक जनमत संघ सप्तरीका अध्यक्ष मुकेश माझी र सविता माझीले नृत्यको माध्यमबाट स्वागत गीत समेत प्रस्तुत गरेको थियो ।







कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]