२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

ठुकरा के मोहाब्बत हमर मैथिली गीत सार्वजनिक

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

राजविराज, ५ असोज । मिथिला क्षेत्रका चर्चित युवा कलाकार निराजन मेहताको अभिनयमा “ठुकरा के मोहाब्बत हमर” बोलको मैथिली गीत सार्वजनिक गरिएको छ ।
सप्तरीको राजविराजबाट सञ्चालित शर्मा क्रिएसन नामक युट्युब च्यानलबाट आज (मंंगलवार) सार्वजनिक गरिएको छ । देव प्रसाद साहको शब्द रहेको उक्त गीतमा निराजन मेहता, मेनुका, राजा बाबु र सुभाष साहको अभिनय रहेका छन् ।
यसैगरी युवा गायक प्रकाश शर्माको सुमधुर आवाजमा रहेको गीतमा अशोक कुमारको संगीत रहेको छ भने, अडियो सम्पादन डीजे सुरेश र मेकअप कृष्ण सुवेदीले गरिएको शर्मा क्रिएशनका आउनर चुनु शर्माले न्युज मधेशलाई जानकारी दिए । गीतको छायाँकन शिव र संतोष मण्डलले गरेको भिडियोको सम्पादन चुनु शर्माले गरेको हो ।
यस अघि दर्जनौ फिल्म र म्युजिक भिडियोमा निर्देशकको रुपमा समेत कार्य गरेको निराजन मेहताले मधेशी पुत्र नामको फिल्मबाट थप चर्चा पाएको थियो ।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=wm3TziWt1vc

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]