२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सप्तरीका बौन दासलाई जीवनयापनमा समस्या

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

न्यूजमधेश डेस्क
सप्तरी,५ असोज । शौचालय आफैं जान सक्दैनन् उनी । तिर्खा लागेमा एक गिलास पानी लिन पनि अर्कैको सहारा चाहिन्छ । एक ठाउँबाट अर्को ठाउँमा त के एक घरबाट अर्को घर जान पनि समस्या हुन्छ उनलाई ।

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपाका बौन दासलाई सानैदेखि यो कष्ट भोग्नुपरिरहेको छ । उनलाई कसैले एक्कासी हेर्दा बच्चा नै हो कि भन्ठान्छन् । तर, दास अहिले ३६ वर्षका भएका छन् । उनको उचाइ २ फिट ३ इन्च छ ।

उनी जन्मजात नै पूर्ण रुपमा शारीरिक अपांगता छन् । खुट्टासँगै हातको बल नदिई उनी घस्रिन समेत सक्दैनन् । उनी घस्रिएरै एक ठाउँबाट अर्को ठाउँ जान्छन् । सबैभन्दा पीडा उनलाई दिसा गर्ने बेलामा हुन्छ । घरमा शौचालय छैन । बिहान घस्रिएरै खेतबारी जानुपरेको पीडा बौन सुनाउँछन् ।

तीन दाजुभाइमध्ये माइला हुन् उनी । दाजु र भाइले कुनै मतलब नै नराखेको उनको भनाइ छ । आमाबुवाको निधनपछि बौन कान्छा भाइ–बुहारीसँग एउटा फुसको घरमा बस्दै आएका छन् ।

आफ्नो घरमा कष्टप्रद जीवन बिताइरहेका उनलाई खाना पकाएर कान्छा भाइकी श्रीमतीले दिने गर्छिन् । उनको रेखदेखमा त्यति ध्यान दिएको पाइँदैन । घरमा कल (ट्युबवेल) त छ तर पानी भरेर पिउन सक्दैनन् उनी । कल चलाउन उठ्नुपर्छ । तर उनी उठ्नै सक्दैनन् । ‘घरमा कोही भएपछि पानी पिउँछु, नभए हल्ला दिएर छिमेकीलाई नै बोलाउनुपर्छ,’ उनी भन्छन् ।

पूर्ण अपांगता भए पनि गाउँपालिकाले उनलाई हरियो कार्ड दिएर सुविधा दिँदै आएको थियो । अहिले केही युवाहरुको मद्दतमा उनलाई रातो कार्ड दिइएको छ । ‘चालु आर्थिक वर्षदेखि उनलाई रातो कार्ड दिइएको छ,’ स्थानीय युवा कौशल यादवले भने । सरकारबाट आउने अपांगता भत्ताबापतको रकम भाइलाई दिएपछि त्यसबापत उनले खाना खाँदै आएका छन् ।

युवाको पहल : सहयोग संकलन गरेर घर निर्माण

बौनको कष्टपूर्ण जीवनयापनलाई देखेपछि स्थानीय युवाले उनको घर बनाइदिने काम अगाडि बढाएका छन् । ‘उनको व्यथाबारे जानकारी पाएलगत्तै हामीले उनका लागि अपांगमैत्री घर बनाउन अग्रसरता देखाएका छौं,’ स्थानीय युवा कौशल यादव भन्छन्, ‘यसका लागि सामाजिक सञ्जालमार्फत सहयोग संकलन शुरु गरेका छौं ।’

कतिले हजार त कतिले २ या ३ हजार सहयोग गरेको यादवले बताए । एक महिनाअघि निर्माण शुरु गरिएको घर बनाउन रकम अपुग हुने भएपछि युवाहरुले रु १ लाख ५० हजार ऋण नै लिएका छन् । गाउँका तीन जनासँग डेढ लाख ऋण लिएका उनीहरुले घर जति चाँडो पूरा गर्ने तयारीमा छन् । ‘सहयोग आएमा ती ऋण चुक्ता गर्छौं,’ यादवले भने, ‘दशैंसम्म दासलाई अपांगमैत्री वातावरणमा जीवन बिताउन दिने चाहना पूरा छ ।’

‘घरमा दासले प्रयोग गर्न सक्ने शौचालय, खानेपानीको व्यवस्था गरिनेछ’ यादवले भने, ‘यसका केहि मनकारी व्यक्तिले सहयोग गर्नुभएको छ । अन्यसँग पनि सहयोगको अपेक्षा गरेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]