०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

डा सीके राउत नेतृत्वको जनमत पार्टीले १७ बुंदे निर्देशन जारी गरियो

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।डा सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं आधारभूत सिद्धान्तहरूलाई कडा नियमका साथ पालना गर्नुपर्ने मान्यता लिइएको छ । पार्टीले जारी गरेको सिद्धान्तहरुमा जसरी पनि व्यापक विस्तार ३ महिना भित्र त्यस्को पूरा कव़रेज दिनुपर्ने रहेको छ । जो पनि, जसरी पनि कमान्डचेनमा बस्नुपर्ने कडा नियम लगाइएको छ भने हर हालतमा जनमत पार्टी लाई जिताउनका लागि आफनो सम्पुर्ण शक्ति लगाउनुपर्ने निर्णय गरिएको छ ।

त्यसैगरि संगठनमा कुनै कार्यक्रम कुनै पनि बहानामा रोकिन नहुने,पार्टी प्रवेसमा रोक लगाउनेलाई कारवाही,पार्टी विस्तार तथा प्रवेसमा कसैले वाधा,निषेध वा आलटाल गरे अस्विकार्य गरिने भएको छ । कुनै पनि निर्णय गर्नुपरे अन द स्पोट निर्णय गर्नुपर्ने र पुरानो कार्यकताहरुमा उर्जा यथावत राख्नका लागि हरसम्भव प्रयास गर्नका लागि कार्यकताहरुलाई निर्देशन जारी गरिएको छ ।

विवाद,गुटवंंदि,गप्पी स्वभावका व्यक्तिलाई स्विकार्य नगरिने तथा पार्टीले गरेको निर्णय सर्वस्विकार्य गर्नुपर्ने लगायतको अनुशासनलाई पालना गर्न जनमत पार्टीले कार्यकताहरुलाई निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]