२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

शिक्षामा लगानीवृद्धिका लागि कलम चलाउन पत्रकारलाई आग्रह

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,५ असोज । शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन राज्यले लगानी बढाउनुपर्नेमा यस क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।

पुनर्गठित शिक्षा पत्रकार समाज (सेज) को प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षाका नयाँ नीति र योजना तर्जुमा गर्दा लक्षित वर्गलाई अग्रभागमा राख्न पनि सुझाव दिइएको छ ।

कार्यक्रममा अभिभावक महासङ्घ, नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षामा लगानीवृद्धिका लागि राज्यले पहल गर्नुपर्ने र सोका लागि शिक्षा पत्रकारले निरन्तर र सशक्तरुपमा कलम चलाउनुपर्र्ने बताउँदै सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन सरकारसँग माग गर्नुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले अभिभावक र विद्यार्थीको वास्तविक आवाज पर्याप्तरुपमा राज्यसम्म पुग्न नसकेकाले सञ्चार क्षेत्रले भूमिका निर्वाह गनुपर्ने बताउँदै शिक्षालाई परियोजना र कार्यक्रमको प्रयोगशाला नबनाई संस्थागत परिवर्तन र सुधारको मार्गमा लान आग्रह गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का महासचिव सुवास न्यौपानेले शिक्षा देश विकासको आधारस्तम्भ भएकाले व्यावसायिक तथा प्राविधिक शिक्षामा राज्यले ध्यान दिनुपर्ने बताउँदै शिक्षकलाई राजनीति गर्न दिन नहुने धारणा राख्नुभयो ।

भाषा आयोगका उपसचिव गेहनाथ गौतमले शिक्षामा भएका उपलब्धि र सुधानुपर्ने पक्षबारे सञ्चार क्षेत्रले खोजमूलक सामग्री ल्याउनुपर्ने बताउनुभयो । डिल्लीबजारस्थित पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले सामुदायिक विद्यालयले गरेका राम्रा कामलाई सञ्चार क्षेत्रले अझै स्थान दिनुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षा पत्रकारितामा क्षमताअभिवृद्धि, अध्ययन, अनुसन्धान, प्रकाशन र बहस पैरवीका लागि प्रदेश र जिल्लागतरुपमा कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो । संस्थाका महासचिव शेषकान्त पण्डितले सक्रिय शिक्षा पत्रकारलाई सङ्गठित गर्दै समाजलाई अगाडि बढाइने जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]