२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

शिक्षामा लगानीवृद्धिका लागि कलम चलाउन पत्रकारलाई आग्रह

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,५ असोज । शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन राज्यले लगानी बढाउनुपर्नेमा यस क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।

पुनर्गठित शिक्षा पत्रकार समाज (सेज) को प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षाका नयाँ नीति र योजना तर्जुमा गर्दा लक्षित वर्गलाई अग्रभागमा राख्न पनि सुझाव दिइएको छ ।

कार्यक्रममा अभिभावक महासङ्घ, नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षामा लगानीवृद्धिका लागि राज्यले पहल गर्नुपर्ने र सोका लागि शिक्षा पत्रकारले निरन्तर र सशक्तरुपमा कलम चलाउनुपर्र्ने बताउँदै सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन सरकारसँग माग गर्नुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले अभिभावक र विद्यार्थीको वास्तविक आवाज पर्याप्तरुपमा राज्यसम्म पुग्न नसकेकाले सञ्चार क्षेत्रले भूमिका निर्वाह गनुपर्ने बताउँदै शिक्षालाई परियोजना र कार्यक्रमको प्रयोगशाला नबनाई संस्थागत परिवर्तन र सुधारको मार्गमा लान आग्रह गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का महासचिव सुवास न्यौपानेले शिक्षा देश विकासको आधारस्तम्भ भएकाले व्यावसायिक तथा प्राविधिक शिक्षामा राज्यले ध्यान दिनुपर्ने बताउँदै शिक्षकलाई राजनीति गर्न दिन नहुने धारणा राख्नुभयो ।

भाषा आयोगका उपसचिव गेहनाथ गौतमले शिक्षामा भएका उपलब्धि र सुधानुपर्ने पक्षबारे सञ्चार क्षेत्रले खोजमूलक सामग्री ल्याउनुपर्ने बताउनुभयो । डिल्लीबजारस्थित पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले सामुदायिक विद्यालयले गरेका राम्रा कामलाई सञ्चार क्षेत्रले अझै स्थान दिनुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षा पत्रकारितामा क्षमताअभिवृद्धि, अध्ययन, अनुसन्धान, प्रकाशन र बहस पैरवीका लागि प्रदेश र जिल्लागतरुपमा कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो । संस्थाका महासचिव शेषकान्त पण्डितले सक्रिय शिक्षा पत्रकारलाई सङ्गठित गर्दै समाजलाई अगाडि बढाइने जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]