०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

जाली नोट सहित कारोबारी छोडने मुख्य योजनाकार कारवाहीमा परेन्न, प्रहरी निरीक्षक यादव कारवाहीमा परे

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही, ५ असोज । सर्लाही प्रहरीले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेपनी २५ लाखको लोभमा जाली नोट र कारोबारीलाई छोडिएको घटना उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले २५ लाख रकम घुस लिए पश्चात् जाली नोट सहितको कारोबारीलाई छोडिएका हुन ।

बिगत १ महिना अगाडी इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवको कमान्डमा खटिएको टोलिले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेका थिए । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज यादवले कारोबारी सङ्ग बार्गेनिङ्ग गरि २५ लाख रूपैया बुझेको बताइन्छ । रकम बुझे पश्चात् जाली नोट सहित कारोबारीलाई छोडिएको थियो । तर यस बिषयमा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रन्जितकारलाइ जानकारी हुनासाथ प्रहरी निरीक्षक यादवलाइ तानेर कारवाही सुरू गरेको प्रहरी श्रोतले जनाएको छ । प्रहरी निरीक्षक यादवलाइ प्रदेश प्रहरी कार्यालय तानिएपनी मुख्य भुमिका खेलेका प्रहरी सहायक निरीक्षक मनोज यादवलाइ भने तानिएका छैन्न ।

यस घटनामा प्रहरी सहायक निरीक्षक मनोज यादव, प्रहरी निरीक्षक अवधेश यादवको साथ साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुह प्रहरी उपरीक्षक सन्तोश सिंह राठौरको नाम समेत मुछिएको छ ।

तर कारवाही भने मात्र प्रहरी निरीक्षकलाई भएको बताइन्छ । किनभने अख्तियार दुरूपयोग अनुसन्धानका आयुक्त जय बहादुर चन्दको बिश्वासिला पात्रको रूपमा प्रहरी सहायक निरीक्षक मनोज यादवलाइ चिनिने गरिन्छ । स्थानीयदेखि अख्तियार दुरुपयोग अनुसन्धानको नाममा समेत प्रहरी सहायक निरीक्षक मनोज यादव रकम उठाउने र पुर्याउने गरेको कारण उनी माथी कुनै किसिमको कारवाही नभएको बताइन्छ ।

यता सर्लाही प्रहरीले जाली नोट सहित पक्राउ गरेका कारोबारीलाई छोडनसाथ पुन: जाली नोट सहित बाराको निजगढबाट बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित रहेको तारा इन होटेलमा रूम भाडामा लिइ बस्दै र जाली नोट कारोबारलाई तिब्रता दिएको विशेष सूचनाको अधारमा निजगढ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । बारा प्रहरीले पक्राउ गरेको पाच जना मध्ये एक जनालाई १ महिना अगाडी सर्लाही प्रहरीले पक्राउ गरेको भन्ने बिषयमा यस घटनाबाट खुल्न आएको प्रहरी श्रोतले जनाएको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर सङ्ग बुझदा आफुलाइ केही जानकारी नभएको बताउदै पन्छिन खोजेका थिए भने प्रदेश प्रहरी कार्यालयले हाल डिआइजी रन्जितकार बिदामा रहेको र प्रहरी निरीक्षक यादव बारे उहालाइ नै जानकारी रहेको बताउदै तथा उक्त मुदामा अनुसन्धान भइरहेको कारण मिडियालाइ बताउन नमिल्ने भन्दै एसएसपी मसुद आलम खाँ ले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]