१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

परराष्ट्रमन्त्रीलाई भारतका विदेशमन्त्रीको बधाई

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,७ असोज । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताउनुभएको छ ।

यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट राससलाई बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा हुनुहुन्छ भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै हुनुहुन्छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]