०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

राजु विश्वकर्मा
लहान, ७ असोज । सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।

स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये रु ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने, रु ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी रु ४७ करोड २५ लाख भुक्तानी दिइएको पाइएको छ । सबैभन्दा बढी सिरहा नगरपालिकामा रु २२ करोड २७ लाख बेरुजु र रु १४ करोड २० लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकामा रु १७ लाख ८४ हजार असुल गर्नुपर्ने, रु तीन करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा रु चार करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ । नगरप्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६÷७७ मा बैठक भत्ताबापत रु ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लहान नगरपालिकामा रु १९ करोड ३६ लाख १५ हजार बेरुजु र रु सात करोड पाँच लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट रु चार करोड ४९ लाख ४४ हजार असुल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको रु छ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पु¥याउनुपर्ने तथा रु एक करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ । धनगढीमाई नगरपालिकामा रु १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा रु चार करोड ४३ लाख ८० हजार पेश्की छ भने रु एक करोड २५ लाख ४० हजार असुल गर्नुपर्ने छ । नगरपालिकाले रु चार करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा रु दुई करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विष्णुपुर गाउँपालिकामा रु १४ करोड ३४ लाख ५० हजार बेरुजु र रु एक करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा रु ६ करोड ३९ लाख ९९ हजार बेरुजु र रु एक करोड ७४ लाख ८२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रु चार करोड सात लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा रु ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र रु २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

मिर्चैया नगरपालिकामा रु दुई करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये रु ४५ लाख ४५ हजार असुल गर्नुपर्ने, रु एक करोड एक लाख २२ हजारको कागजात र प्रमण पेश गर्नुपर्ने, रु २८ लाख ७९ हजार नियमित गर्नपर्ने र रु ४२ लाख ९१ हजार पेश्की देखिएको छ । कल्याणपुर नगरपालिकाले एक वर्षमा खाजा, खाना र विविध शीर्षकमा रु ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा चारमा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन । स्थानीय तहमा निर्वाचित भएदेखि जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढ्ेको लहानका नागरिक अगुवा राजेश गुप्ता बताउनुहुन्छ । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उहाँको भनाइ छ ।

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हँुदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरी बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]