१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

उपप्रधानमन्त्री पाए मात्र उपेन्द्र सरकारमा जाने

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,७ असोज। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो ।

‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी हुनेछ,’ सांसद प्रमोद साहले भने, ‘त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।’ उनका अनुसार देउवा गठबन्धन सरकारमा जसपा नेपालले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउनेछ ।

‘तर २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,’ उनले अगाडि भने, ‘त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।’ जसपा नेपालले मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुने खतरा औँल्याउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]