२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

उपप्रधानमन्त्री पाए मात्र उपेन्द्र सरकारमा जाने

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,७ असोज। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो ।

‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी हुनेछ,’ सांसद प्रमोद साहले भने, ‘त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।’ उनका अनुसार देउवा गठबन्धन सरकारमा जसपा नेपालले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउनेछ ।

‘तर २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,’ उनले अगाडि भने, ‘त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।’ जसपा नेपालले मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुने खतरा औँल्याउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]