२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तिलाठी कोईलाडीमा जनमतको अधिवेशन सम्पन्न : अध्यक्षमा शुशिल

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८

राजविराज, ९ असाेज । जनमत पार्टीको केन्द्रिय सदस्य निर्मल कुमार मण्डलले जनमत पार्टीले मात्र राम राज (जनताराज) स्थापना गर्न सक्ने बताए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पार्टीको गाउँपालिका अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“भोट दिएर जिताएकै नेताबाट हामीलाई समस्या खेप्नुपर्दै आएको” प्रमुख अतिथि मण्डलले भने– “समाजका विभिन्न समस्याबाट मुक्ति गराउन जनमत पार्टी आएको हो ।” उनले लाउडस्पीकर छापमा मतदान गरि जनमत पार्टीलाई विजय बनाउन आग्रह समेत गरे ।
सोही पालिका स्थित जिरिया हाटको प्रांगणमा आज (शनिवार) आयोजना गरिएको प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न वडाबाट नेता, कार्यकर्ता तथा स्थानियबासिहरुको उत्साहजनक उपस्थिती रहेको थियो । शुशिल कुमार मण्डलको अध्यक्षता तथा केन्द्रिय सदस्य निर्मल कुमार मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम आयाेजना गरिएको थियो । शुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा डा. विजय यादव, महिला उपाध्यक्षमा संगीता देवी खंग, सचिवमा सुर्य देव मण्डल, सहसचिवमा मो. जाकिर र कोषाध्यक्षमा देवकुमार साहलाई चयन गरेका छन् । यसैगरि सदस्यमा विरेन्द्र कुमार मण्डल, वैदानन्द मण्डल, विषुणदेव मण्डल, रानीे देवी मण्डल, मिलन देवी मण्डल, शिवेन्द्र मण्डल, जितेन्द्र मण्डल, धमेन्द्र कुमार मण्डल, शान्ति देवी साह, विष्णु यादव, केश्वर मण्डल, प्रकाश कुमार मण्डल, दिपेन्द्र कुमार मण्डल (मैन्जन), कुसमी देवी मण्डल, गुब्दी देवी खंग रहेका छन् ।
त्यसैगरि पद्येन सदस्यमा सञ्जय कुमार यादव, रामचरित्र मण्डल, मोहित चौधरी, कृष्णा कुमार मण्डल, राजु मुखिया, केशव साह, केशब मण्डल, भरत कुमार ठाकुररहेका सोही पार्टीका वडा नम्बर ७ का अध्यक्ष केशव मण्डलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]