१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कमला नदिमा फसेका ९ जनालाई जिवितै हेलिकप्टरबाट नेपाल सेनाले उद्वार गर्न सफल

Logo
प्रकाशित आइतबार, आषाढ २९, २०७६

जनकपुरधाम । निरन्तर वर्षा भएको कारणले कमला नदीमा बाढी आएपछि शुक्रबारदेखिनै बाढिमा फसेको कमला पुल निर्माण कार्यमा खटेका इन्जिनियर ९ जना कामदारलाई नेपाली सेनाले जिवितै उद्धार गरेका छ्न। सबै जना कामदारलाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्न सफल भएको छ।

हुलाकी राजमार्गमा अन्तरगत कमला नदिमा पुल निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन यादवसहित ९ जनालाई सेनाको टोलीले हेलिकोप्टरमार्फत् कमला नदीको बाढीको बीचबाट शनिबार साँझ उनिहरुलाई जिवितै उद्धार गर्न सफल भएको छ।यो प्राविधिक टोली सिराहा र धनुषाको सीमामा पर्ने बसपिट्टामा कमलाको बाढीले छेकिएर फसेको थिए। शुक्रबार रातभरि र शनिबार दिनभरि उनीहरु कमला नदिको विचमानै बाढिको कारणले फसेका थिए।

कमला नदीको पुल निर्माणस्थलमा इन्जिनियर जामुन यादव, एक्साभेटर चालक भोला मण्डल, इन्दल पटेल, चौकीदार कमला दास, मुखलाल दास, मजदुरहरु रविन मण्डल, सञ्जीत मण्डल, सन्तोष मुखिया र मनिष शर्मा नदीमा फसेका थिए। पुलको अनुगमनमा इञ्जिनियरसहित कमला खोला पुगेका ९ जना प्राविधिकको टोली बाढीका कारण थुनिएका थिए।

शुक्रबारदेखि अलपत्र परेका उनीहरुको उद्धारका लागि हेलिकप्टरमार्फत् लिफ्ट गराउने प्रयास मौसमका कारण सफल हुन सकेको थिएन।निरन्तर वर्षा र मौसम खराब भएको कारणले हेलिकोप्टर उद्वार गर्न सकिएको थिएन । टोली उभिएको ठाउँमा पानी पुग्न एक फिट मात्र्र बॉकी रहेको अवस्थामा सेनाले उनीहरुलाई बचाएको हो । पुल बनाउन पुगेको टोलीमा इन्जिनियर यादव, दुईजना चौकीदार, एक्साभेटर चालकसहित व्यक्तिलाई उद्वार गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]