२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

भारत सरकारको सहयोगमा सप्तरीका विपदमा परेकाहरुकालागि ४३ लाखको सामग्री हस्तानान्तरण (भिडियोसहित)

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८

राजविराज, १० असोज ।
भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् ।
राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी वितरण कार्यक्रममा समाजकि केन्द्रिय अध्यक्ष तथा सांसद चन्दा चौधरीले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तानान्तरण गरेका छन् ।
हरेक वर्ष बाढीले सप्तरीका नदि क्षेत्रमा रहेका बासिन्दाहरुलाई समस्या खेप्नुपर्दै आएकोले दिर्घकालिन रुपमा बाढी नियन्त्रणकालागि यहाँका राजनैतिक दल, जनप्रतिनिधि तथा अगुवाईहरुलाई सक्रिय हुन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले बताईन् । वास्तवीक पिडितलाई पहिचान गरि राहत सामग्री वितरण गर्न आग्रह गर्दै, सहज रुपमा वितरण भए, पुनः सप्तरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
बिग टेन्ट ३० थान, डब्बल फेमली टेन्ट २५ थान, सिंगल फेमली ५५ थान र २०० थान म्याट रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षता तथा सोही संस्थाका केन्द्रिय अध्यक्ष तथा सांसद चन्दा चौधरीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा प्रजिअ गौतम, राजविराज नगरपालिकाकी उप प्रमुख साधना झा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सुनील झा, दिपेन्द्र चौधरी र अमरनाथ मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नविन गुप्ता, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपी मण्डललगायतका व्यक्तिहरुले सांसद चौधरीलाई धन्यवाद दिए ।
नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा सप्तरी, सिरहा, धनुषा, माहोतरी, सर्लाही, बारा, पर्सा, रौतहट, रुपन्देही र नवलपरासीलगायतका जिल्लाहरुकालागी ५ करोड ७५ लाख ३९ हजार ८०० मल्य बराबरको सामग्रीहरु भारतसरकारले सहयोग गरेको जनाएको छ । हेर्नुहोस् भिडियो
https://youtu.be/lH7rJsFFr_w

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]