३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

भारत सरकारको सहयोगमा सप्तरीका विपदमा परेकाहरुकालागि ४३ लाखको सामग्री हस्तानान्तरण (भिडियोसहित)

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८

राजविराज, १० असोज ।
भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् ।
राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी वितरण कार्यक्रममा समाजकि केन्द्रिय अध्यक्ष तथा सांसद चन्दा चौधरीले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तानान्तरण गरेका छन् ।
हरेक वर्ष बाढीले सप्तरीका नदि क्षेत्रमा रहेका बासिन्दाहरुलाई समस्या खेप्नुपर्दै आएकोले दिर्घकालिन रुपमा बाढी नियन्त्रणकालागि यहाँका राजनैतिक दल, जनप्रतिनिधि तथा अगुवाईहरुलाई सक्रिय हुन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले बताईन् । वास्तवीक पिडितलाई पहिचान गरि राहत सामग्री वितरण गर्न आग्रह गर्दै, सहज रुपमा वितरण भए, पुनः सप्तरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
बिग टेन्ट ३० थान, डब्बल फेमली टेन्ट २५ थान, सिंगल फेमली ५५ थान र २०० थान म्याट रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षता तथा सोही संस्थाका केन्द्रिय अध्यक्ष तथा सांसद चन्दा चौधरीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा प्रजिअ गौतम, राजविराज नगरपालिकाकी उप प्रमुख साधना झा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सुनील झा, दिपेन्द्र चौधरी र अमरनाथ मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नविन गुप्ता, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपी मण्डललगायतका व्यक्तिहरुले सांसद चौधरीलाई धन्यवाद दिए ।
नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा सप्तरी, सिरहा, धनुषा, माहोतरी, सर्लाही, बारा, पर्सा, रौतहट, रुपन्देही र नवलपरासीलगायतका जिल्लाहरुकालागी ५ करोड ७५ लाख ३९ हजार ८०० मल्य बराबरको सामग्रीहरु भारतसरकारले सहयोग गरेको जनाएको छ । हेर्नुहोस् भिडियो
https://youtu.be/lH7rJsFFr_w

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]