०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

भन्सार कार्यालयमा थन्किए सवारी साधन

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८

न्यूजमधेश डेस्क
कंचनपुर ,११ असोज। लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् ।

कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारीदिनुभयो ।

“भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन”, उहाँले भन्नुभयो, “अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ । इञ्जिनीयरको फुर्सद नहँुदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।”

उहाँका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो । कति वर्ष पुरानो हो ।

उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ ।

भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]