०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ ।

गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो ।

गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“विभिन्न समयमा अनियमितताबारे उजुरी परेकाले कार्यालयसँग कागजात माग गरी अनुसन्धान अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

कालिकामाईले थालेका विभिन्न योजना, कर्मचारी भर्ना, धारा जडान कार्यक्रम, आइसोलेशन व्यवस्थान, नदी सफाइ, सडक ढलानलगायतका काममा अनियमितताबारे आयोगमा उजुरी परेको थियो ।

आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात गाउँपालिकाको कार्यालयबाट झिकाएको छ ।

गाउँपालिकाको विभिन्न वडामा सञ्चालन भएको योजनाको अख्तियार टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

आयोगको टोलीले कर्मचारीसँग सोधपुछ गर्नुको साथै कार्यालयबाट भए गरेका कामको फाइल अध्ययन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]