१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८

न्यूजमधेश डेस्क
कंचनपुर ,१२ असोज । बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्री र गैर खाद्य सामग्री वितरण गरिएको हो ।

निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित परिवारलाई खाद्य सहायता भौचर(प्रिपेड कार्ड)मार्फत प्रतिघरधुरीलाई रु ११ हजार २५० का दरले ३०० घरघुरीलाई उपलव्ध गराइएको छ । पोषण सहायता भौचर(गर्भवती, सुत्केरी, दीर्घरोगी)लाई रु पाँच हजारका दरले पाँच पालिकाका ९० घरधुरीलाई वितरण गरिएको छ । हाइजिनकिट दुई हजार २७० का दरले १७० घरधुरीलाई, महिला तथा किशोरी सम्मान सामग्री(डिगनीटी किट) रु तीन हजार ४८० का दरले ७५ घरधुरीलाई, सार्वजनिक धारा र शौचालय एवं खानेपानी सुविधामर्मत सम्भार रु पाँच हजारका दरले ४० घरधुरीलाई उपलव्ध गराइएको छ । यसैगरी, खानेपानी स्वच्छताका लागि हाते धारा सुद्धिकरण रु एक हजार २०० का दरले १२० घरधुरीलाई र बाढीका कारण बिग्रेका भत्केका घरको मर्मत सम्भार रु पाँच हजारका दरले १२५ घरधुरीलाई उपलव्ध गराइएको छ ।

गैरखाद्य सामग्री (भान्सा तथा लत्ताकपडा) रु छ हजार ४०० का दरले १२५ घरधुरीलाई र मनोसामाजिक परामर्श र लैङ्गिक हिंसा न्यूनीकरण सचेतना एक सय घरधुरीलाई दिइएको छ । जसका लागि प्रति घरधुरी रु दुई हजार ९८० का दरले रकम खर्च गरिएको छ ।

मछेली नदीको बाढीबाट विस्थापना परेका कृष्णपुर नगरपालिका–२ मछेलीका हरि डगौराले खाद्य र गैर खाद्य सामग्री पाएपछि खुसी भएको बताउनुभयो । “बाढीबाट घर मर्मत सम्भार, खानेपानीका लागि धारा मर्मत र खाद्य र गैर खाद्य सामग्री एक महिना पुग्ने गरी उपलव्ध गराइएको छ” उहाँले भन्नुभयो, “विजोग अवस्थामा थियौं । यसले केही राहत महसुस भएको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]