२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सहिद परिवारले जसपाको बैठकस्थलमै उपेन्द्र यादव र लालबाबु राउतको विरोधमा नाराबाजी गरे

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ असोज। जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमै सोमबार अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतसहितविरुद्ध विरोध एवं नाराबाजी भएको छ ।

मधेश आन्दोलनका शहीद परिवारले पटक–पटक आश्वासन मात्रै दिएको भन्दै बैठकस्थलमा व्यापक विरोध गरेको हो ।

मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको छ ।

शहीद परिवार तथा घाइते भएकाहरु बैठकस्थलमै आएर धर्ना तथा नाराबाजी गरेका हुन् ।

उनीहरुले वीर शहीद अमर रहुन्, शहीद परिवारको माग पूरा गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, उपेन्द्र यादव मुर्दावादसहितका नारा लगाएका छन् ।

प्रदेश सरकारले पटक–पटक आश्वासन मात्रै दिएर ठग्ने काम गरेकाले आफूहरु यहाँ आएर धर्ना दिएको उनीहरुले बताएका छन् ।

गत भदौ ११ गते पनि जसपाकै कार्यक्रममा धर्ना दिन आएको बखत जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउतसहितकाले एक साताभित्रै माग पूरा गरिदिने आश्वासन दिएपनि नगरेकाले पुनः आन्दोलनमा आउनुपरेको मधेशी शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष नरेश राय यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]