१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

ज्येष्ठ नागरिक आवास गृहको भवन वडा कार्यालयलाई हस्तान्तरण

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१३ असोज। सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण गर्नुभएको हो ।

सङ्घीय सरकारको रु तीन करोड ३२ लाखको लागतमा सो १४ कोठेभवन सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा नव सिर्जनशील कन्ट्रक्सन प्रालि पिएमके(जेभी)ले निर्माण गरेको बताइएको छ ।

सो भवन निर्माणका लागि स्थानीयवासी कौशिल्यादेवी श्रेष्ठले छोरा स्व. ईश्वरमान श्रेष्ठको सम्झनामा करिब ६ कठ्ठा जग्गा दान गर्नुभएको थियो । सो भवनबाट यही असोज २६ गतेदेखि वडा कार्यालयले आफ्नो सेवा प्रवाह गर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]