२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

यी हुन् ३२ भाषा बोल्ने व्यक्ति

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१५ असोज।एकजना मानिसले अधिकतम कतिवटा सम्म भाषामा बोल्न तथा लेख्न सक्दछ होला ? कुनै मानिसले ४/५ वटा भाषा जानेको भन्ने सुन्दा पनि हामी छक्क पर्छौ । तर ग्रिसका एक व्यक्ति भने ३२ वटा भाषा बोल्न सक्दछन् ।

पेसाले अनुवादक रहेका आयोअन्निस इकोनोमु सायद हाल विश्वमा सबैभन्दा धेरै भाषामा फरर्र बोल्नसक्ने व्यक्ति हुन् । उनलाई ३२ भाषाको ज्ञान छ । त्यसमध्ये १६ भाषामा त फरर्र बोल्न सक्दछन् भने अन्य १६ भाषामा पनि अनुवाद गर्न सक्दछन् ।

 

गि्रसको क्रेटेस्थित हेराक्लियनमा जन्मिएका इकोनोमुले अरिस्टोटल विश्वविद्यालयमा भाषा विज्ञान पढेका हुन् । त्यस्तै उनले अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट मध्यपूर्वी भाषा र संस्कृतिमा स्नातकोत्तर गरेका छन् ।

अमेरिकामा पढाइ पूरा गरेपछि उनले स्वदेश फर्किए युरोपेली आयोगमा भाषा अनुवादकको जागिर सुरु गरे ।

संसारका फरक-फरक र भाषागत रुपमा निकै अलग रहेका भाषाहरु समेत फरर्र बोल्नसक्ने उनको क्षमताबाट मानिसहरु कायल हुन्छन् ।

गि्रक भाषाका अलावा उनी संस्कृत, अंग्रेजी, जर्मन, चाइजिन, हिन्दी, उर्दु, स्पेनिस, फ्रेन्च, स्विडिस, इटालियन, पोलिस, रसियन, बुल्गेरियन, टर्किस, अरबी, हिब्रु, पोर्चुगिज, कुर्दिश, आर्मेनियन, पर्सियन, क्रोएसियन, डेनिस, रोमानियन, चेक, फिनिसलगायतका भाषामा बोल्न सक्दछन् ।

साथै उनी प्राचीन गि्रक, ल्याटिन, प्राचीन इरानी, प्राचीन पर्सियन, क्लासिकल आर्मेनियन, गोथिक, प्राचीन बुल्गेरियन, हिट्टी तथा लुबिक लगायतका प्राचीन भाषाहरु पनि बोल्न सक्दछन् ।

इकोनुमोलाई बच्चैदेखि धेरै भाषामा रुचि जागेको थियो र केही अन्य भाषाहरु बोल्न पनि जानेका थिए । क्रेटेमा आउने विदेशी पर्यटकहरुले बोल्ने विभिन्न भाषाहरु उनले पाँच वर्षको उमेरदेखि नै सुन्न थालेका थिए ।

उनले ७ वर्षको उमेरमा नै स्कुल बिदाको समयमा घुम्न गएको बेला एक शिक्षकबाट जर्मन भाषा सिक्न सुरु गरेका थिए ।

उनमा विदेशी भाषा सिक्ने सोख यतिसम्म थियो कि स्कुलको पढाइ पूरा गरिसक्दासम्म ८ वटा विदेशी भाषामा पोख्त बनिसकेका थिए ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]