०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

धनुषाको बिदेहमा जनमतको मोटरसाइकल जुलुस,शनिबार नगर अधिवेशन हुदै

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिदेह नगरपालिकामा मोटरसाइकल जुलुस निकालेको छ।

शुक्रबार जनमत पार्टीका विदेह नगरपालिकाका संयोजक धिरज मण्डलको नेतृत्वमा मोटरसाइकल जुलुस निकाल्नु भएको हो।

सो मोटरसाइकल जुलुससहित बिदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया बजारस्थित रहेको पार्टी कार्यलयबाट सुरु भएको जुलुस नगरपालिकाका सम्पुर्ण वडाहरु परिक्रमा गरि पुर्ण पार्टी कार्यलय आएर जुलुस सम्पन्न भएको पार्टी धनुषा उपाध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका हुन ।

उक्त जुलुसमा डा सीके राउत जिन्दावाद ,जनमत पार्टी जिन्दावाद ,जनमत दो – अधिकार लो ,लाउडस्पिक ( हर्न ) छाप जिन्दावाद,भ्रष्टाचार बन्द गर जस्ता नाराहरु मोटरसाइकल जुलुस लगाएको थिए।

उपाध्यक्ष रोहिताले भने,’ भोलि शनिबारबार जनमत पार्टीको बिहेद नगरपालिकाको नगर स्तरीय अधिवेशन पार्टी कार्यलय तिनकौरियामा हुन गैरहेको छ।उक्त अधिवेशनमा सहभागी भएर कभरेज अभियानलाई सफल पार्न सम्पुर्ण नगरबासीलाई आग्रह गरेका छन।,

उक्त जुलुसमा केन्द्रबाट नगर अधिवेशन गराउनको लागि पठाएको केन्द्रिय पुर्वेक्षक जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा (मधेशी) ,जनमत पार्टीका बिदेह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिजय सहनी ,वडा नम्बर २ का सुरेश चौधरी ,वडा नम्बर ३ का सुधिर मुखिया ,वडा नम्बर ४ का वडाध्यक्ष गुलाम प्रमाणी ,वडा नम्बर ५ का वडाध्यक्ष रामकुमार मण्डल ,वडा नम्बर ६ का वडाध्यक्ष अमर पण्डित रहेको थिए।

त्यसैगरी वडा नम्बर ७ का वडाध्यक्ष श्याम पासवान ,वडा नम्बर ८ का वडाध्यक्ष सुरेश मण्डल ,वडा नम्बर ९ का वडाध्यक्ष उदगार ठाकुर ,युवा नेता महेश प्रसाद यादवसहितका नेता कार्यकर्ताहरुको मोटरसाइकल जुलुसमा सहभागिता रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]