०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,१६ असोज । चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ ।

तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । प्रमुख प्रहरी उपरीक्षक केसीले भन्नुभयो, “चाडपर्वको समयमा हुने पेशेवर तस्करलाई निरुत्साहित गर्नका लागि नियन्त्रण भएको तस्करीका सामान, तस्करीमा प्रयोग भएका ढुवानीको साधन र संलग्न मानिसलाई समेत सख्त कारबाही गर्ने गरिएको छ ।

जिल्लाका सीमा क्षेत्रमा अहिले दैनिक सरदर रु १० लाख मूल्य बराबरको तस्करी सामान नियन्त्रण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा तस्करी नियन्त्रणलाई न्यूनीकरण गरिएको जनाएको छ ।

सीमा क्षेत्रका प्रहरी चौकीलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सत्यनारायण थापाले बताउनुभयो । थापा भन्नुहुन्छ, “हामी तस्करी हुने मुहानदेखि गोदामसम्म निगरानी बढाएका छौँ । जसका कारण तस्करहरू अहिले आत्तिएको अवस्था हो । रुपन्देहीमा विशेष गरेर भारतीय बजारबाट भन्सार छली कपडा, सुर्ती, जुत्ता चप्पल, छालाका सामान, खाद्यान्न, किराना तथा हार्डवेयरका सामान, मोटरपार्टस्, मेसिनेरी सामान अवैधरूपमा आउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

रुपन्देहीका सीमा क्षेत्रबाट अवैधरूपमा हुने तस्करी सामान नेपालका अन्य जिल्लासम्म पुग्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]