०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

धनुषाको चार स्थानीयमा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ ।

सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो  ।

सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा  ई . रबिन्द्र यादवको अध्यक्षतामा आयोजित नगर अधिवेशन जनमत पार्टीका उप महासचिव ई इन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट गुलजारी लाल सिंहको नेतृत्वमा ३१ सदस्यीय नगर कार्यसमिति गठन गरिएको पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले जनाए ।

सो समितिको उपाध्यक्षमा धिरज कुमार यादव ,सचिवमा महेश यादव ,सहसचिवमा राजु कुमार दाससहित ३१ सदस्यीय नगर स्तरीय कार्यसमिति बनाएको जिल्ला अध्यक्ष कुशवाहाले भने ।

कार्यक्रममा जनमत पार्टी धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा , सचिव विजय साह , सहसचिव नविन पण्डित र कोषाध्यक्ष किलेश मण्डललगाईत स्थानीय युवा ,विद्यार्थी ,किसान ,व्यापारी ,बुद्धिजीवी ,समाजसेवीहरुको उपस्थितिमा नगर अधिवेशन सम्पन्न गरिएको पार्टीले जनाएको छ ।

त्यसैगरी, मिथिला नगरपालिका ,धनुषाधाम नगरपालिका र विदेह नगरपालिकामा  प्रथम नगर अधिवेशन गरेका हुन्  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]