२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मुख्यमन्त्रीकाे अर्काे काण्ड , ‘छोरी बीमा’ कार्यक्रममा पनि करोडौ भ्रष्टाचार

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ असोज। प्रदेश २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा अनियमितता भएको विषयमा चर्चा भइरहँदा त्यही कार्यक्रम अन्तर्गतको ‘छोरी शिक्षा बीमा’मा पनि ब्यापक अनियमितता भएको पाइएको छ ।

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाम दिएर निकै नै तामझामका साथ ल्याइएको कार्यक्रममध्ये ‘छोरी शिक्षा बीमा’ कार्यक्रम अहिले रोकिएको छ । गएको २०७५ माग १ गतेयता जन्मिएका प्रदेशका सबै छोरीहरुको प्रदेश सरकारले निशुल्क बीमा गरिदिने घोषणा मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए ।

कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकाहरूलाई १ लाख २५ हजारको बीमा प्रदेश सरकारले गरिदिने गरेको थियो । बीमाका लागि प्रदेश सरकार र प्रभु बैंकबीच सम्झौता नै भएर काम पनि भएको थियो । तर गएको वर्षदेखि भने यो कार्यक्रम रोकिएको छ ।

महालेखाको प्रतिवेदनले ‘छोरी शिक्षा बीमा’को नाममा प्रदेश सरकारले गरेको खर्चको विषयमा प्रश्न उठाएको छ ।

प्रदेश सरकारले प्रदेशभरीका २ हजार ७ सय ७८ छोरीको बीमा गर्दा १४ करोड ९९ लाख ८७ हजार रुपैयाँ बैंकमा उपलब्ध गराएको जनाएको छ । तर ती छोरीहरुको मुद्दती खाता संचालन भए नभएको तथा बीमा पोलिसी जारी गरे नगरेको प्रमाण भने प्रदेश सरकारले दिन सकेको छैन । यसले छोरी बीमाको नाममा पनि अनियमितता भएको महालेखाको प्रतिबेदनले उल्लेख गरेको हो ।

प्रदेश सरकारले छोरी बीमा बापत एक छोरीको एक पटकमा ३७ हजार रुपैयाँका दरले २ हजार ७ सय ७८ छोरीको नाउँमा प्रदेश सरकारले प्रभु बैंकमा प१४ करोड ९९ लाख ८७ हजार रुपैयाँ एकमुष्ट जम्मा गरेको थियो ।

महालेखाको प्रतिबेदनले तोकिएको कार्यमा खर्च भएको सुनिश्चितता नभएको देखिएको भन्दै प्रदेश सरकारको काम प्रति प्रश्न उठाएको हो ।

साइकल वितरणमा अनियमितता भएको बारे बुधबारमात्रै मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापामारी गरेर आवश्यक फाइल नियन्त्रणमा लिएको छ । छोरी बीमा कार्यक्रममा पनि मुख्यमन्त्री कार्यालयले उस्तै अनियमितता गरेको भन्दै यसबारेमा पनि छानविन हुनुपर्ने अहिले सामाजिक सञ्जालमा आवाज उठेको छ ।

‘छोरी बीमा’ कार्यक्रमका लागि प्रदेशका ८ वटै जिल्लामा खटाइएका प्रतिनिधिमा मुख्यमन्त्रीले आफ्ना मान्छे भर्ति गरेको भन्दै आलोचना पनि भइरहेको छ ।-दिशा निर्देशन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]