२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

न्यूजमधेश डेस्क
विरंगज ,१८ असोज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ ।

हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहँुदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहँुदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिनुभयो ।

“निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन”, निमित्त कार्यालय प्रमुख शाहले भन्नुभयो, “ म पनि फाँटमा बसेर काम गर्दै आएको छु ।” दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवाप्रवाह पु¥याएको कार्यालयको दाबी छ ।

दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरो गरी सेवाप्रवाह गर्दै आएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]