२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

चीनले भूमी मिचेकाे भन्दै जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आश्विन १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असोज। चीनले नेपाली भूमी अतिक्रमण गरेको भन्दै सोमबार जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवाहरुले चीनबिरूद्व प्रदर्शन गरेका हुन । रेल्वे स्टेसनबाट निकालिएको बिरोध प्रदर्शन भानु चोक, शिव चोक हुँदै जनक चोकमा आएर कोण सभामा परिणत भएको थियोे ।

कोण सभालाई सम्बोधन गर्दै लोसपाका युवा नेता प्रशान्त झाले चीन कहिले सगरमाथाकाे टुप्पो आफ्नो भन्छ त कहिले भुमी अतिक्रमण गर्ने गरेको बताए ।

उनले हुम्ला १२ नम्बरकाे पिल्लर नजिक अतिक्रमण गरेको नेपाली भुमी फिर्ता गर्नुपर्ने बताए । छानबिन समितिले प्रतिवेदन दिएपनि सरकार चुप लागेर बसेको उनले बताए ।

अतिक्रमण गरिएको भूमी फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]