०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग

Logo
प्रकाशित मंगलबार, आश्विन १९, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज ,१९ असोज । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ ।

प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ ।

उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गर्नुभएको हो ।

खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उहाँलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]