०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

डा सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्दै

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असोज। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्ने भएको छ ।

प्रदेशमा भ्रष्टाचार बढेको भन्दै आज मध्यान्ह १२ बजे अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने र ज्ञापन-पत्र बुझाउने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले जनकारी दिएका छ्न ।

सो कार्यक्रममा सहभागी हुन नेता पार्टीका उपमहासचिव ई.इन्द्रजित यादव,सचिव संजय यादवसहित नेता तथा कार्यकर्ताको उपस्थिति रहने उनले बताए ।

मुद्दा दायर गर्न फाइल तयार अवस्थामा राखेको तर ‘माथिको राजनैतिक दबाब छ’ भन्दै मुद्दा दर्ता गर्न पछि हटेको अख्तियार जनताप्रति उत्तरदायी बन्नै पर्छ- अध्यक्ष डा. राउतको भनाई छ ।

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै जनमत पार्टीले जनकपुरमा दुई दिन अगाडी प्रदर्शन गरेका थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]