०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पार्टीद्वारा अख्तियरको कार्यलय घेराउ

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

न्यूजमधेश डेस्क

जनकपुरधाम ,२० असोज। डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालय घेराउ गरेका छन ।

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियरको कार्यलय घेराउ गरिएको हो।

गएको साता प्रदेश नम्बर–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो ।

त्यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्
उनीहरूले प्लेकार्ड र ब्यानरसहित बर्दिबास पुगेर अख्तियारलाई सत्यतथ्य छानबिन गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘सत्यतथ्य छानबिन गर’ , ‘जनमत पार्टी जिन्दावाद’ , ‘साइकल चोर मुख्यमन्त्री राजीनामा दे’भन्दै नाराबाजी गरेका थिए ।

प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवले आरोप लगाएका थिए ।

उनले भने,’यदि अख्तियरले कार्वाही गरेनन् भने जनताले अख्तियर विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]