२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनमत पार्टीले घेरियो अख्तियारको कार्यालय

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासको कार्यालय घेराउ गरेको छ ।

भ्रष्टाचारीहरुमाथि कारबाही अगाडी बढाउन माग गर्दै जनमत पार्टीका नेताहरुले अख्तियारको कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले अख्तियारको कार्यालय अगाडी भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई कारबाही गर, भ्रष्टाचारका फाइलहरु दर्ता गर ,अख्तियार होसियार ,भ्रष्टाचारीलाई कारवाही गर जस्ता नारासहित प्रदर्शन गरेका थिए ।

भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिएका फाइलहरुमाथि कारबाही अगाडी बढाउनुपर्ने भन्दै अख्तियारमा ज्ञापनपत्र समेत बुझाएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई बसन्त कुशवाहाले बताए।

उनले भने ,’प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा अख्तियारले छापामार फाइलहरु कब्जा गरेको थियो ।तर अहिले सम्म कुनै प्रकारको कारबाही प्रक्रिया अगाडी नबढाएको कारणले कारवाही गर्नको लागि प्रक्रिया अगाडी बढाउन माग गरेको छ।’

भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया अगाडी नबढाए पछी कडा आन्दोलन गर्ने जनमत पार्टीका उपमहासचिव ई इन्द्रजित यादवले भने ।

उपमहासचिव यादवका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासका प्रमुखले ज्ञापनपत्र बुज्दै मुख्यमन्त्री लालबाबु राउतलाई कारवाही गर्छु भने प्रतिबद्धता जनाएको उनले बताए ।

अख्तियार कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउन जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरबाट
सयौंको संख्यामा मोटरसाइकल र्याली लिएर बर्दिबास पुगेका थिए ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]