३२ जेठ २०८२, आइतबार
15-06-2025 , Sun
×

प्रहरी सङ्गठनभित्रैबाट कारबाही सुरु

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज ,२१ असोज।प्रहरी सङ्गठनभित्र पनि नियमावलीविपरीतका काम गर्ने प्रहरीलाई कारवाही गर्छ भन्ने सन्देशस्वरुप पर्सा प्रहरीले २४ जनालाई कारबाही गरेर उदाहरण प्रस्तुत गरेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्मको अवधिमा प्रहरी नियमावलीविपरीतका कामकारबाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत विभिन्न पदका प्रहरीलाई विभागीय कारबाहीमा गरिएको हो ।

समाज सुधार गर्न पहिला सङ्गठनको सुधार आवश्यक भएकाले नियमविपरीत काम गर्नेका विभिन्न पदका प्रहरीलाई विभागीय कारबाही गरिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म छन् । प्रहरी आचरणविपरीतका काम गरेको आरोपमा कारबाहीमा परेका १२ मध्ये छ जनालाई निलम्बनसमेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]