०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

धनुषाको सघारामा कलश यात्रा

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ असोज ।धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा कलश यात्रा निकालिएको छ ।

तराइ मधेशका धनुषासहित विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।

कमला नगरपालिका वडा नम्बर ४ सघारास्थित रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब ४ सयभन्दा बढीको कलश संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले गाउँ बिभिन्न भागको परिक्रमा गदै धनुषा सिरहा जोड्ने कमला नदीमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको पुजा समितिका अध्यक्ष राम जुनुम यादवले बताए ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यो पर्वमा प्रतिमाको रुपमा दुर्गा भगवतीलगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा पुजा समितिका संस्थापक अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]