१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

अझै सञ्चालनमा आएन् सीमा नाकाहरु

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ असोज। विगत डेढ वर्षदेखि बन्द रहेको सीमा नाका नेपाल सरकारले गत साता खोल्ने निर्णय गर्यो ।

तर प्रदेश २ का जिल्लाहरुको मुख्य नाकाहरु समेत अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पर्सा र रौतहटमा केहि नाकाबाट भारतीय गाडीहरु आउने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बताउँछन् ।

तर सिरहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लाको नाकाबाट भारतीय गाडी समेत आवत–जावत गरेको देखिदैन । महोत्तरीको भिट्ठामोडमा त भारतीय एसएसबीले नेपालीलाई साइकल चढेर पनि भारतीय बजार जान दिएको छैन । माथिबाटै सवारी साधन आवत–जावत गर्न नदिने निर्देशन आएको भिट्ठामोड नाकामा खटेका एक एसएसबीले बताए ।

उनले भने, ‘नेपाल सरकारले बोर्डर खोलेको कुरा थाहा छैन । हामीलाई निर्देशन आएपछि नेपाली सवारीलाई प्रवेश गर्न दिन्छौं ।’ धनुषा प्रशासनले भारतीय नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर आउन सक्ने बताएको छ ।

तर मापदण्ड पालना गरेर आउनेको संख्या न्यून छ । धनुषाको मुख्य नाका हो जटही । तर अहिले सुनसान छ । न नेपाली सवारीहरु भारत जाने गरेको देखिन्छ, न भारतीय सवारीहरु नेपाल आउँदै गरेको । सिमाको अवस्था हेर्दा नेपाल र भारतबीच समन्वयको अभाव देखिन्छ । सिरहाको नाकाहरु पनि पूर्णरुपमा सञ्चालनमा आएको छैन ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल भन्छन्, ‘भारतीय एसएसबीलाई मन लागेको बेला सवारी आवत–जावत गर्न दिन्छ । मन नभएको बेला रोक्छन् । यस विषयमा समन्वय गरिरहेको छु ।’ नाकाबाट यात्रुबाहक सवारीहरु आवत–जावत नहुँदा सर्वसधारण समस्यामा परेका छन् ।जनकपुर टुडेबाट लिएको हो ।

दशैंका बेला एउटा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली मजदुर फर्किन्छन् । तर गाडी नचल्दा पैदल यात्रा गर्न बाध्य छन् उनीहरु । सवारी नचल्दा व्यवसायी समेत मर्कामा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]