०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मन्त्रीको नाम टुंगो लागेसँगै दलहरुभित्र भाँडभैलो

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ ।

नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । त्यहाँ विभिन्न उपगुटबीच विवाद बढेको छ । त्यसले पौडेल समूह छिन्नभिन्न हुने अवस्था विकास भएको छ ।

नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै थिए । यसपटक प्रचण्डले मन्त्री बनाउँदा जनजातिलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि बढेको छ । विगतमा रोल्पा र वरपरका माओवादी प्रभाव क्षेत्रबाट निर्वाचितलाई मन्त्री बनाउने गरेकोमा प्रचण्डले फरक शैली अपनाएका छन् । यसले त्यस क्षेत्रका सांसदहरु असन्तुष्ट बनेको बुझिएको छ ।

नेकपा एसमा पनि मन्त्री बन्न नपाएकाहरुले असन्तुष्टि प्रकट गर्न थालेका छन् । एमाले विभाजन हुँदा जोखिम मोलेर नेकपा एसमा लागेकाहरुमध्ये कतिपय मन्त्री बन्न चाहिरहेका थिए । तर, नेपालले मन्त्री चयन गर्दा नाम नराखेपछि असन्तुष्ट भएका हुन् ।

जसपाभित्र मन्त्री चयनप्रति तिव्र असन्तुष्टि व्यक्त हुन थालेको छ । रेनु यादवलाई पटक पटक मौका दिएको भन्दै उपेन्द्र यादवप्रति सांसदहरुले असन्तुष्टि पोख्न थालेका छन् । राजेन्द्र श्रेष्ठ जसपाको जनाधार नभएको क्षेत्रको समानुपातिकतर्फको सांसद भन्दै मन्त्री बनाएकोमा असन्तुष्टि देखिएको छ ।

प्रधानमन्त्री देउवाले सरकार बनेको ३ महिना पुग्दै लाग्दा मन्त्रिमण्डललाई पूर्णता दिन खोज्दा दलहरुमा भाडभैलो मच्चिएको छ । तर, देउवाले आफ्नो समूहलाई भने एकतावद्ध नै बनाइराख्न सके ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]