११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

जनकपुरका एक विद्यालयको हर्कत : शुल्क नतिर्ने विद्यार्थीलाई टिनको छाना अँध्यारो कोठामा परीक्षा

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

सन्तोष यादव
जनकपुरधाम ,२२ असोज । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ ।

समयमा शुल्क नबुझाएको भन्दै सो स्कूलले सजायँस्वरुप विद्यार्थीलाई गर्मीका बेला टिनको छाना भएको कोठामा परीक्षा लिने गरेको हो । चर्को गर्मी थेग्न नसक्दा कतिपय विद्यार्थीले परीक्षा नै छाडेका छन् ।

टिनको छाना भएकाले भित्र बस्ने अवस्था छैन । टिनको छाना भएको कोठामा न हावा पुग्छ, न उज्यालो । दिउँसै अँध्यारो उक्त कोठामा गर्मीले विद्यार्थीको शरीर पसिनाले भिज्छ, तर पनि घण्टौं बसेर परीक्षा दिनुपर्ने उनीहरुको बाध्यता छ ।

परीक्षा सकेपछि कक्षा ५ मा अध्ययनरत विद्यार्थी कमल महतोले पैसा नबुझएका कारण आफूहरुलाई उक्त कोठामा परीक्षा लिने गरेको बताए । उनका अनुसार कक्षा १ देखि ५ सम्मका शुल्क बुझाएका विद्यार्थीले पक्की भवनमा परीक्षा दिने गरेका छन् ।

स्कूलले टिनको छाना भएको कोठामा परीक्षा लिने भएपछि आफ्ना छोरा–छोरीले परीक्षा नै छाडेको अभिभावक आभास यादवले गुनासो गरे । उनले भने, ‘छोरी अविज्ञा कक्षा १ र छोरा अंश कक्षा २ मा पढ्छन् । यसपालि परीक्षा अगावै पैसा बुझाउन सकेनौं । त्यसैले उनीहरुलाई गर्मी नै सहन नसक्ने टिनको छाना भएको कोठामा परीक्षा लिइयो । पहिलो दिन त जसोतसो परीक्षा दिए, दोस्रो दिनबाट परीक्षा दिन छाडे ।’

विद्यार्थीलाई मानसिक दबाब दिएर स्कूलले परीक्षा लिएर अपराध गरिरहेको उनले आरोप लगाए । चर्को गर्मीमा परीक्षा दिएर छोरा–छोरी घर पुग्दा रोएको उनले सुनाए ।

विद्यार्थीले सास्ती भोग्नुपर्दा विद्यार्थीले अभिभावकलाई शुल्क तिर्न दबाब दिने र त्यसपछि बाध्य भएर अभिभावक शुल्क बुझाउन आउने मान्यताका साथ स्कुलले त्यस्तो नीति बनाएको बुझिएको छ ।

स्कूलका प्रिन्सिपल गोबिन्दचन्द्र बाबुले शुल्क बाँकी रहेकै कारण टिनको छाना भएको गर्मी कोठामा विद्यार्थीलाई राखेर परीक्षा नलिएको बताउँछन् ।

अभिभावकले गुनासो गरेपछि अभिभावक यादवलाई प्रिन्सिपलले उल्टै प्रश्न गरे, ‘तपाईं ‘हल टिकट’ लिन किन आउनु भएन ?’

अभिभावक स्वयम् स्कूलमा उपस्थित भएर शुल्क तिरेपछि परीक्षामा सहभागी हुन विद्यार्थीका लागि ‘प्रवेश पत्र’ दिइन्छ । त्यसलाई नै ‘हल टिकट’ भन्ने गरिएको छ । यदि शुल्क बाँकी छ र विद्यार्थीले ‘प्रवेश पत्र’ लिएका छैनन् भने उनीहरुलाई शिक्षकले अनेक सजायँ दिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]