०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

बेपत्ता विष्टको शव फेला

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२२ असोज । महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो ।

बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो ।

नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो । विष्टसँगै गएका प्रेम भट्टलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]