२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अन्तर्राष्ट्रिय बालिका दिवस ः घरबाटै विभेद अन्त्य गर्नुपर्ने

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ असोज । बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो ।

मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना हुनुपर्ने भएकाले त्यसका लागि पहल भइरहेको बताउनुभयो । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहमा बाल हेल्प लाइन र अन्य संयन्त्रबाट त्यहाँ हुने हिंसा र विभेदको उजुरी लिएर न्याय दिलाउन सकिने प्रणाली स्थापनाको पहल भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेलले बालिकाको अधिकार संरक्षण र प्रवद्र्धन तथा विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा सडक बालबालिकालाई खेलकुदमा अग्रसर गराउन ‘सडकदेखि रङ्गशालासम्म’ कार्यक्रमका लागि परिषद् र नेपाल रग्बी सङ्घबीच सम्झौता सम्पन्न भयो । सम्झौतामा कार्यकारी निर्देशक धरेल र सङ्घका अध्यक्ष टङ्क घिसिङले हस्ताक्षर गर्नुभयो । यस्तै राष्ट्रिय बाल दिवस ९भदौ २९० का अवसरमा मन्त्रालय र परिषद्द्वारा आयोजित ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक भिडियो निर्माण प्रतियोगिताका प्रथम र द्वितीय हुने बालबालिकालाई नगद क्रमशः रु २५ र २० हजारसहित पुरस्कार प्रदान गरियो ।

यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदैछ । १९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्र सङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा संसारभरि बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण र अभियान सञ्चालन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]