०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

भारतबाट ५ बालबालिकाको उद्धार

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

न्यूजमधेश डेस्क
झापा ,२४ असोज । भारतको विभिन्न सहरबाट १८ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ ।

भारतको कलकत्ताबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार काकरभिट्टा ल्याइएको छ । विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाले दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार काकरभिट्टा ल्याइएको हो ।

उद्धार गरिएका बालक धनुषा , रोल्पा र पाँचथरका तथा बालिकाहरु कास्की र मकवानपुरका रहेका छन् ।

विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाका फिल्ड इन्चार्ज कुमार बस्नेतले भारतमा उद्धार गरेर बालगृहमा राखिएका नेपाली बालबालिकालाई काकरभिट्टा ल्याइएको जानकारी दिएका हुन्।

भारतको कलकत्तामा विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएर बाल गृह र बालिका गृहमा राखेका थियो ।

ती बालबालिकालाई विश्व सेवा विस्तार संस्था काकरभिट्टाको पहलमा भारतीय प्रहरी, नेपाली महावाणिज्य दूतावास कलकत्ता ,नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार गरि नेपाल ल्याइएको हो ।

उद्धार गरिएका सबैलाई शनिबार नै परिवारको जिम्मा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]