१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

‘प्रेस’ कार्ड दुरुपयोगप्रति महासङ्घको ध्यानाकर्षण

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,२४ असोज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले यहाँका पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ ।

यद्यपि, सो कार्य दोहोरिएको पाइए कारबाहीका लागि सम्बन्धित निकायसमक्ष पत्रकार महासङ्घ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति स्वयम् हुने सूचनामा भनिएको छ ।

पछिल्लो समयमा जिल्लामा खुलेका केही नयाँ अनलाइनले जथाभावी तरिकाले रिपोर्टरका नाममा केही व्यक्तिलाई ‘प्रेस’ कार्ड वितरण गरेको र ती कार्डधारी, ती व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]