१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

धनुषाको लगमामा ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ असोज। धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

कमला नगरपालिका वडा नम्बर ३ पर्सा घर भएका नागे साह सुडीको लगमा र माचीको बिचमा नहर नजिकको कल्भर्टमा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

गत बिहीबार दशैको पहिलो दिन घटस्थापनाको साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिए ।

साह गत बिहीबार बेलुका आफ्नै श्रीमतीसँगै लगमा बजार गएका थिए । तर लगमा बजारमा आयोजना गरिएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर सो रात घर नआएपछी उनको खोजी गर्दा गर्दै ५ दिन पछी शव फेला परेको हो ।

स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्ता थिए । उनी मदिरा पिएर घरतर्फ गैरहेको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मैनालीले बताए ।

घट्ना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]