१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

वैवाहिक जीवनमा बाँधिए चर्चित हास्यकलाकार मनोज

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२५ असोज। चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]