२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

जनमत पार्टीका नेता मण्डलको मोटरसाइकलमा आगजनी

Logo
प्रकाशित मंगलबार, आश्विन २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असोज । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो ।

घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार राति अज्ञात व्यक्तिले आगजनी गरेको मण्डलले बताएका छन् ।

केहि अपराधिक व्यक्तिले राजनीतिक प्रतिशोधका कारणले मोटरसाइकलमा आगो लगाएको भन्दै पार्टीका जिल्ला सचिव सन्तोष यादवले घट्नामा संलग्न व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्न र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

सचिव यादवले मंगलबार बिज्ञप्ती जारी गर्दै आगजनी घट्नामा संलग्नलाई अबिलम्ब पक्राउ नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]