१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

कमला युवा संजालको शुभकामाना अदान प्रदान कार्यक्रम सोनापाडामा सम्पन्न

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

जनकपुरधाम ,२७ असोज । धनुषाको कमला नगरपालिकाका युवाहरुको छाता संगठन कमला युवा संजालको शुभकामाना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार नगरपालिकाकै वडा नम्बर ८ सोनापाडामा संजालका महासचिव चन्द्रदीप यादवको अध्यक्षतामा विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामाना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा माओबादी केन्द्रका नेता बलराम बिराजी ,नेकपा एसका युवा नेता रक्की प्रसाद साह ,एसएम कोचिंगका संयोजक सन्तोष साह , कमला युवा संजालका अध्यक्ष बिमलेश यादव र युवा अभियानी रुपेंश रानको उपस्थितिमा शुभकामाना आदानप्रदान कार्यक्रम भएको थियो । कार्यक्रममा एक आपसमा शुभकामाना साटासाट गरेका थिए ।

सो कार्यक्रममा कमला युवा संजालको पदाधिकारीहरु ,विद्यार्थी ,समाजसेवीहरु ,वुद्धिजीवी र स्थानीयवासीहरुको सहभागितामा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]