१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, आश्विन २८, २०७८

न्यूजमधेश डेस्क
बारा ,२८ असोज । बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा गएराती कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । कारमा सवार ३ जना घाइते भएका छन् ।

कोल्हवी नगरपालिका–२ पुरानोकाँटाका ३८ वर्षीय पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङतानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये मोटरसाइकल चालक को हुन् खुल्न बाँकी रहेको छ । सामान्य घाइते भएका कारमा सवार अन्य ३ जनाको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको छ ।

तामगढीबाट कोल्हवीतर्फ जाँदै गरेको बा १९ च ४५ ११ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ना ५९ प १२ ७० नम्बरको मोटरसाइकललाई गएराती साढे ९ बजे ठक्कर दिएको थियो । कार चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]