२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, आश्विन २८, २०७८

न्यूजमधेश डेस्क
बारा ,२८ असोज । बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा गएराती कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । कारमा सवार ३ जना घाइते भएका छन् ।

कोल्हवी नगरपालिका–२ पुरानोकाँटाका ३८ वर्षीय पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङतानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये मोटरसाइकल चालक को हुन् खुल्न बाँकी रहेको छ । सामान्य घाइते भएका कारमा सवार अन्य ३ जनाको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको छ ।

तामगढीबाट कोल्हवीतर्फ जाँदै गरेको बा १९ च ४५ ११ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ना ५९ प १२ ७० नम्बरको मोटरसाइकललाई गएराती साढे ९ बजे ठक्कर दिएको थियो । कार चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]