२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

बन्दुकधारीको आक्रमणबाट ६ को मृत्यु

Logo
प्रकाशित शुक्रबार, आश्विन २९, २०७८

न्यूजमधेश डेस्क
बेरुत ,२९ असोज। बन्दुकधारीको आक्रमणबाट लेबनानमा कम्तिमा ६ जनाको मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्।

सन् २०२० को अगस्टमा बेरुतस्थित एक बन्दरगाहमा भएको विष्फोटको जाँचको विषयलाई लिएर भएको प्रर्दशनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। बन्दरगाह विस्फोटनमा गरिएको जाँचमा उग्र राजनैतिक विवाद भएपछि पछिल्लो समय बेरुत थप अशान्त बनेको छ। बन्दरगाहा विष्फोटको जाँचको विरोधमा शिया मुस्लिम समूह हिजबुल्लाहले केही दिनदेखि प्रर्दशन गर्दै आइरहेका छन्।

सो जाँच न्यायाधीशको अध्यक्षतामा भइरहेको छ। प्रदर्शनकारीहरूले न्यायाधीश विभेदकारी भएको र जाँच गर्न नसक्ने भन्दै तत्काल उनलाई हटाउन माग गरेका छन्।

लेबनानका राष्ट्रपति मिशेल आओनले घटनाको भत्र्सना गरेका छन्। राष्ट्रपति आओनले भने, ‘आफ्नो स्वार्थका लागि देशलाई बन्धक बनाउने अधिकार कसैसँग छैन। कुनै पनि बहानामा देशलाई बन्धक हुन दिने छैनौँ।’

बिहीबारको घटनालाई लिएर लेबनानका प्रधानमन्त्री नाजीब मिकाटीले शुक्रबार एक दिनका लागि राष्ट्र शोकको घोषणा गरेका छन्।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]