२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

बेलायतमा एक सांसदको हत्या

Logo
प्रकाशित शनिबार, आश्विन ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,३० असोज । बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो ।

ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेको छ । प्रहरीले यो घटनालाई आतंकवादी हमला भनेको छ । यो घटना इस्लामिक विद्रोही समूहसँग जोडिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।

डेबिड पछि गृह मन्त्री प्रिती पटेलले सुरक्षा व्यवस्थाको तुरुन्त समीक्षा गर्न आदेश दिनुभएको छ । साथै उहाँले यो एक संवेदनशील हमला भएकोसमेत बताउनुभएको छ । घटनाको प्रधानमन्त्री बोरिस जोन्सनले पनि भर्त्सना गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]