०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

सिराहामा एक युवकको शव इनारमा फेला

Logo
प्रकाशित शनिबार, आश्विन ३०, २०७८

न्यूजमधेश डेस्क
सिरहा,३० असोज।सिराहामा एक युवकको शव इनारमा फेला परेको छ। सिराहाको नरहा गाउँपालिका- ३ नयाँ चोक चोइवामा एक जना युवकको शव इनारमा फेला परेको हो।

मृतक गोलव.बजार नगरपालिका– ८ का १८ वर्षीय शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ। गएराति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका महतोको शव इनारमा फेला परेको हो।

नाच हेरेर घर नआएपछि खोजतलास गर्ने क्रममा महतोको इनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। मृतकको शव इनारबाट बाहिर निकालिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्। स्रोतका अनुसार नाच हेर्न पुगेका वेला दुई युवा समूहबीचमा विवाद भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]