१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

माओवादी महासचिव वैद्य अस्पताल भर्ना

Logo
प्रकाशित आइतबार, आश्विन ३१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३१ असोज। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।

दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’

नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]