११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

मधेशका किसानका आँखामा आँशु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ कार्तिक । अविरल वर्षाले तराई /मधेशका धानबालीमा ठूलो क्षति भएपछि किसानहरु चिन्तामा डुबेको छ ।

पुर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर उनी खुशी भए । एक साता अघि उनले काट्न शुरु गरे ।

आलिमा धानको राखेपछि थक्कित अबस्थामा किसान मुकेश यादव

तर सोमबार रातिदेखि परेको पानीले पाकिसकेको उनको धान डुबानमा परेको छ । ‘डेढ बिघा खेतकै धान भित्र्याउन मात्रै बाँकी थियो । मेरो मिहिनेत, लगानी सबै बर्बाद भयो’ उनी भन्छन्, कसरी ऋण तिर्ने, अनि परिवारलाई कसरी पाल्ने ?’

उनका अनुसार खेती गर्ने समयमा मजदुरको ज्याला र मलखाद्यका लागि ५० हजार ऋण लिएका थिए । ‘प्रत्येक बर्ष यस्तो ऋण लिएर खेती गर्दै आएको छु,’ उनी भन्छन्, ‘उब्जेको धान बेचेरै ऋण चुक्ता गर्ने र परिवारलाई पाल्दै आएको हो । यस पटक अब न ऋण तिर्न सकिन्छ, न त परिवारलाई नै पाल्न सकिन्छ ।’

मुकेश जस्तै पीडामा छन्, मालबर मण्डल । ९५ बर्षका मण्डलले १५ कठ्ठा जग्गामा धानबाली लगाएका थिए । पाकिसकेको धानबालीलाई घर भित्र्याउन बाँकी थियो । काटेर खेतमा राखेको धान बेमौसममा परेको पानीले डुबाएको छ । ‘शुरुदेखि खेती गरेरै परिवार पाल्दै आएको छु, अब कसरी छाँक टार्ने ?’ गहभरी आँसु पार्दै उनले भने ।

मण्डलका एक श्रीमती र एक छोरी छन् । भन्छन्, ‘सबै बर्बाद भयो, यसपाली पेट पाल्नै समस्या हुन्छ ।’

मुकेश र मालबरजस्तै धेरै किसानलाई पानीले पीडा दिएको छ । लगातारको भरीका कारण खेलमा पानी जमेको छ । डुवानमा परेको धानलाई उठाएर आलीमा राख्ने प्रयास गरिएको छ । तर डुबेको धान सड्ने सम्भावना धेरै भएको मुकेश बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]