०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

कोसी ब्यारेजका ४२ ढोका खोलियो,खतराको संकेत

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
सुनसरी,३ कार्तिक । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ ।

निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो ।

बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । साथै, कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

स्थानीय प्रशासनले नदी तटीय क्षेत्र र आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सूचित गरेको छ । बुधबार प्रदेश नम्बर–१ का पहाडी र तराई क्षेत्रमा ठूलो वर्षा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]