२३ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

कमला नदीको पुलको पक्षिमपट्टिको तेस्रो पिलर पनि भासियो

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ कार्तिक । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।

दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको पक्षिमपट्टिको तेस्रो पिलर दुईवटा स्पान पनि करिब १.५ फिट तल भासिएको हो ।

बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।

‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।

यसअघि यो पुलको एउटा स्पाम १७ असारमा भासिएको थियो । सिरहाको बसपिट्टा भन्ने स्थानमा यसअघि पुलको स्पान भासिएको थियो ।

हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो। पुलको फिनिसिंग गर्न मात्रै बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको थियो।

यो पुल निर्माणको ठेक्का २०६८ मै पप्पु–लुम्बिनी जेभीले पौने २५ करोडमा लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम सम्पन्‍न गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]