०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

कमला नदीको पुलको पक्षिमपट्टिको तेस्रो पिलर पनि भासियो

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ कार्तिक । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।

दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको पक्षिमपट्टिको तेस्रो पिलर दुईवटा स्पान पनि करिब १.५ फिट तल भासिएको हो ।

बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।

‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।

यसअघि यो पुलको एउटा स्पाम १७ असारमा भासिएको थियो । सिरहाको बसपिट्टा भन्ने स्थानमा यसअघि पुलको स्पान भासिएको थियो ।

हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो। पुलको फिनिसिंग गर्न मात्रै बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको थियो।

यो पुल निर्माणको ठेक्का २०६८ मै पप्पु–लुम्बिनी जेभीले पौने २५ करोडमा लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम सम्पन्‍न गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]