२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

कलाकार चौधरी जीवन र मृत्युको दोसाधमाः सहयोगको याचना

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,३ कार्तिक । थारु र मैथली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन मृत्युको दोसाधमा छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

कहिले डेङ्गु, कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगरलगायत विभिन्न रोगबाट ग्रसित चौधरी अहिले कानसमेत सुन्न नसक्ने अवस्थामा पुगेको परिवारजनले जनाएको छ । विगत डेढ वर्षदेखि थलिएको छोराको उपचारमा हालसम्म करिब रु ४५ लाख खर्च भइसकेको चौधरीकी आमा विशवरी कुमारी चौधरीले बताउनुभयो ।

सिरहाको लहानस्थित समाद एफएमबाट आफ्नो साङ्गीतिक क्यारियरको सुरुआत गर्नुभएको कलाकार चौधरीको सयौं भ्याल जमैया, दिलके टुक्रा, नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौँलगायत गीत र फिल्ममा मुख्य पात्र (नायक) को रुपमा अभिनय गर्नुभएको छ ।

छोरोको उपचार गर्दागर्दौ परिवारिक आर्थिक अवस्था कमजोर भइसकेकाले सहयोगका लागि सम्पूर्ण कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी, सङ्घ संस्था, देश, विदेशका प्रवासी कमदारलगायतसँग कलाकार चौधरीकी आमाले अपिल गर्नुभएको छ ।

आमा विशवरीकुमारी चौधरीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाको खाता नं –२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन चौधरीको परिवारले सबैमा आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]