२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

कलाकार चौधरी जीवन र मृत्युको दोसाधमाः सहयोगको याचना

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,३ कार्तिक । थारु र मैथली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन मृत्युको दोसाधमा छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

कहिले डेङ्गु, कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगरलगायत विभिन्न रोगबाट ग्रसित चौधरी अहिले कानसमेत सुन्न नसक्ने अवस्थामा पुगेको परिवारजनले जनाएको छ । विगत डेढ वर्षदेखि थलिएको छोराको उपचारमा हालसम्म करिब रु ४५ लाख खर्च भइसकेको चौधरीकी आमा विशवरी कुमारी चौधरीले बताउनुभयो ।

सिरहाको लहानस्थित समाद एफएमबाट आफ्नो साङ्गीतिक क्यारियरको सुरुआत गर्नुभएको कलाकार चौधरीको सयौं भ्याल जमैया, दिलके टुक्रा, नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौँलगायत गीत र फिल्ममा मुख्य पात्र (नायक) को रुपमा अभिनय गर्नुभएको छ ।

छोरोको उपचार गर्दागर्दौ परिवारिक आर्थिक अवस्था कमजोर भइसकेकाले सहयोगका लागि सम्पूर्ण कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी, सङ्घ संस्था, देश, विदेशका प्रवासी कमदारलगायतसँग कलाकार चौधरीकी आमाले अपिल गर्नुभएको छ ।

आमा विशवरीकुमारी चौधरीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाको खाता नं –२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन चौधरीको परिवारले सबैमा आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]